बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथाम कोषमा कांग्रेस सांसदले १५ दिनको तलब दिने

कोरोना रोकथाम कोषमा कांग्रेस सांसदले १५ दिनको तलब दिने

कोरोना भाइरस संक्रमण फैलन नदिन र सम्भावित जोखिम न्यून गर्न मुलुकभर लक डाउन गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक दिने भएका छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदले कोषमा आधा महिनाको पारिश्रमिक बराबरको रकम दिने निर्णय भएको कांग्रेसले जनाएको छ।

सरकारले केही दिनअघि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो। कोषमा विभिन्न उच्च पदस्थ राजनीतिक नेताहरुले रकम जम्मा गरिरहेका छन्।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण फैलन नदिन र सम्भावित जोखिम न्यून गर्न मुलुकभर लक डाउन गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ।

‘लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिन हुने भएको हुँदा सहज रुपमा खाद्यान्न उपलब्ध गराउन सकारसँग आग्रह गर्दछौं,’ कांग्रेसले भनेको छ।

नेकपा सांसदले पनि १५ दिनको पारिश्रमिक बराबर रकम कोषमा जम्मा गर्ने भएका छन् । यसअघि राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले एक महिनाको रकम कोष जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित: Mar 24, 2020| 10:11 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।