बिहीबार, भदौ ४, २०८३

‘कोरोना नियन्त्रण कोष’ मा रकम जम्मा हुँदै

सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रकम प्रदान गर्नेहरुको संख्या बढ्न थालेको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं- सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रकम प्रदान गर्नेहरुको संख्या बढ्न थालेको छ।

सरकारले आइतबार ५० करोड रुपैयाँको कोरोना राहत कोषको स्थापना गरेको थियो। सो कोषमा मंगलबार सम्ममा थप नौ करोड रुपैयाँ जम्मा भइसकेको छ।

कोषमा मन्त्रीहरुले आफ्नो एक महिनाको तलव जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलव कोषमा जम्मा गर्ने बताएकी छन्।

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षले पनि एक महिनाको तलव सो कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

यस कोषमा मंगलबारसम्ममा नेपाल बैंक र कृषिविकास बैंकले एक एक करोड रुपैयाँ जम्मा गरेका छन्। उद्योगपति वसन्त चौधरीले पनि कोषलाई एक करोड रुपैयाँ उपलव्ध गराएका छन्।

निर्माण व्यवसाय विकास परिषद्ले एक करोड, बीमा समितिले दुई करोड, नेपाल धितोपत्र बोर्डले ५० लाख, सहकारी बैंकले ११ लाख उपलव्ध गराएका छन्।

त्यस्तै, सांसदहरुले एक महिनाको तलब, पूर्व अर्थसचिव रामेश्वर खनालले आफ्नो एक महिनाको पेन्सन सो कोषमा सहयोग गर्ने भएका छन्।

कोषमा सहयोग पनि आउने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन र रोकथाम एव नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा संघ संस्थालाई राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध समेत गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सरकारले सिंहदरबारमा खोलेको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने छ।

प्रकाशित: Mar 24, 2020| 09:05 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।