बिहीबार, भदौ ४, २०८३

लकडाउन तोडेर मोटरसाइकल चलाउँदा युवतीको मृत्यु

सरकारले जारी निषेधाज्ञा तोडेर मोटरसाइकल चलाउदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

ओखलढुंगा- सरकारले जारी निषेधाज्ञा तोडेर मोटरसाइकल चलाउँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ।

मानेभञ्ज्याङ गाउँपालिका–५ को जेरुङ गाउँमा भएको बा ६३ प ९३५५ नम्बरकाे मोटरसाइकल दुर्घटनामा युवतीकाे ज्यान गएकाे हाे।

मंगलबार लकडाउनका समयमा सुरक्षा निकायको आँखा छलेर मोटरसाइकल चलाउँदा ट्याक्टरसँग ठोक्किएर तीन जना घाइते भएका थिए।

दुर्घटना परेर मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–५ उदयपुर गाउँकी २५ वर्षकी पवित्रा राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी पवित्राको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

माेटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय सुजन राई र १९ वर्षीय सनम राई सामान्य घाइते छन्। सुजनको अण्डकोषमा र सनमको बायाँ खुट्टामा चोट लागेको प्रहरीले बताएको छ।

उनीहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल नियन्त्रणमा लिइएकाे प्रहरी चौकी मानेभञ्ज्याङका असइ सञ्‍जीव राईले जानकारी दिए।

प्रकाशित: Mar 24, 2020| 08:36 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।