बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित किशोरीसँग आएका बाग्लुङका युवक घरमै क्वारेन्टाइनमा

कोरोना संक्रमित किशोरीसँग आएका बाग्लुङका युवक घरमै क्वारेन्टाइनमा

फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित किशोरीसँगै आएका बाग्लुङका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

कामाठमाडौं- फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित किशोरीसँगै आएका बाग्लुङका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ।

किशोरीसँगै कतारबाट आएका ढोरपाटन नगपालिका–५ का २४ वर्षीय एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले जानकारी दिए।

‘संक्रमित किशोरीसँगै एउटै जहाजमा आएका अधिकारीचौरका ती युवालाई उनको घरमै विशेष निगरानीमा राखिएको छ’ नेपालीले नेपाल समयसँग भने,‘ उनकै दुई वटा मध्ये एउटा अलग्गै घरमा क्यारेन्टाइनमा राखिएको छ।’

स्वास्थ्यकर्मीसहितको टोली युवकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको र उनमा कुनै लक्षण देखा नपरेको नेपालीले जानकारी दिए।

परिवारका अन्य सदस्यहरुलाईसमेत अलग्गै घरमा क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै नेपालीले वडाध्यक्षले प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको बताए।

युवक एकरात काठमाडौंमा बसी भोलिपल्ट वाग्लुङ पुगेको उनको परिवारले जनाएको छ । १४ दिनसम्म घरमै क्वारेनटाइनमा बस्न सल्लाह दिँदै नमूना लिएर आफूहरु फर्किएको मेयर नेपालीले बताए।

फ्रान्सबाट फर्किएकी किशोरीमा कोरोना संक्रमण देखिएपछि उनीसँगै एउटै प्लेनमा आएका मानिसहरुको सरकारले खोजी गरिहरेको छ ।

प्रकाशित: Mar 24, 2020| 07:19 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।