बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा लकडाउन उल्लंघन गर्ने ५० मोटरसाइकल नियन्त्रणमा

पोखरामा लकडाउन उल्लंघन गर्ने ५० मोटरसाइकल नियन्त्रणमा

कोरोना महामारीको जोखिम कम गर्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन ५० मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

पोखरा - कोरोना महामारीको जोखिम कम गर्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन ५० मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु सबैको चाबी नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।

लक डाउनका बेला रमिते बन्दै हिँडेका सवारीधनीको चाबी प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनावश्यक काममा बाहिर निस्किएकाहरुको मोटरसाइकलको चाबी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी इन्स्पेक्टर सन्तोष रोकाले जानकारी दिए। लकडाउनका कारण कास्की सुनसान छ। मानिसहरु घरबाहिर निस्किएका छैनन्। अत्यावश्यक काममा केही व्यक्ति निस्किए पनि प्रहरीले निगरानी गरिरहेको कास्की प्रशासनले जनाएको छ।

प्रकाशित: Mar 24, 2020| 06:56 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।