बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्किन दिन माग गर्दै सर्वोच्चमा रिट

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्किन दिन माग गर्दै सर्वोच्चमा रिट

 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं– विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्किन दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयले थुप्रै नेपाली विदेशमा अलपत्र परेको भन्दै सरकारको उक्त निर्णयका विरुद्ध अधिवक्ता मीना बस्नेत र माधव बस्नेतले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

नेपाल आउने आफ्ना नागरिकलाई निषेध नगर्न रिटमा माग गरिएको छ।

विपद्को बेलामा आफ्ना नागरिक खोजेर उपचारलगायतको व्यवस्था गर्नुपर्नेमा प्रवेश गर्न नदिनु गलत भएको भन्दै रिट दर्ता भएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

सरकारी निर्णयले विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन् भएको जिकिर रिटमा गरिएको छ।

विभिन्न निकायले आइसोलेसन (एकान्तबास)को लागि सुरक्षित स्थान बनाइरहेको, होटल व्यवसायी, संघ–संस्था र नागरिकले सरकारलाई सहयोग गरी होटल, भवन तथा निवास दिई सहयोग गर्ने प्रतिवद्धता जनाएको बेला विदेशमा रहेका नेपालीलाई आउन दिनुपर्ने रिट निवेदकको माग छ।

 

प्रकाशित: Mar 24, 2020| 05:28 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।