बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘लक डाउन’ मा पनि ओहोरदोहोर कायमै रहेपछि कपिलवस्तुमा छुट्टै निषेधाज्ञा

‘लक डाउन’ मा पनि ओहोरदोहोर कायमै रहेपछि कपिलवस्तुमा छुट्टै निषेधाज्ञा

सरकारले आज बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर ‘लकडाउन’ घोषणाा गरे पनि मानिसको आवागमन, पसल सञ्चालन, निजी सवारी साधन सञ्चालन यथावत रहेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

भैरहवा– सरकारले आज बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर ‘लकडाउन’ घोषणाा गरे पनि मानिसको आवागमन, पसल सञ्चालन, निजी सवारी साधन सञ्चालन यथावत रहेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारयण पौडेलले कपिलबस्तु जिल्ला पनि कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकोले सबै जिल्लाबासीको हितलाई ध्यानमा राख्दै चैत २१ गते बिहान ६ बजेसम्म वा अर्काे आदेश नभएसम्म निषोधाज्ञा जारी गरिएको जानकारी दिए ।

निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र स्थलहर बन्द गर्न र घरबाहिर ननिस्कन भनिएको छ।

आदेशको उल्लंघन गर्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारयण पौडेलले बताए।

प्रकाशित: Mar 24, 2020| 04:53 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।