बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कतार एयरवेजको उडान क्यूआर ६५२ बाट नेपाल आएकालाई सम्पर्कमा आउन अनुरोध

कतार एयरवेजको उडान क्यूआर ६५२ बाट नेपाल आएकालाई सम्पर्कमा आउन अनुरोध

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक किशोरीमा कोरोनाको संक्रमण पुष्टि भएपछि स्वास्थ्यमन्त्रायले उनी आएको बिमानमा रहेका अन्य यात्रुलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं-  फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक किशोरीमा कोरोनाको संक्रमण पुष्टि भएपछि स्वास्थ्यमन्त्रायले उनी आएको बिमानमा रहेका अन्य यात्रुलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

मन्त्रालयले कतार एयरवेजको उडान क्यूआर ६५२ (QR 652) बाट चैत ४ गते नेपाल आएका यात्रुलाई हटलाईन नम्बर ९८५१२५५८३९, ९८५१२५५८३४ र ९८५१२५५८३७ मा सम्पर्क गरेर जानकारी गराउन भनेको हो ।

फ्रान्सबाट कतार हुँदै ४ चैतमा काठमाडौं ओर्लिएकी एक किशोरीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सरकारले सो विमानमा रहेका अन्य यात्रुलाई पनि संक्रमणको जोेखिम हुनसक्ने भएकोले सम्पर्क आउन भनिएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

उनले भने, “हामीले सम्पर्कमा आउन अनुरोध गरेपछि हटलाईन मार्फत यात्रुहरु सम्पर्कमा आउनथालेका छन्, बाँकी यात्रुहरुको पनि खोजी गरी आवश्यक परामर्श र सतकर्ताको कार्य अघि बढाइएको छ।”

जोखिमपूर्ण अन्य क्षेत्रबाट आएका व्यक्तिले पनि उक्त हटलाइनमा सम्पर्क गर्न सक्ने देवकोटाले बताए ।

 

प्रकाशित: Mar 24, 2020| 04:38 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।