बिहीबार, भदौ ४, २०८३

लकडाउनको निर्णय कार्यान्वयनमा, सडक र बजार बन्द

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ। आज बिहान ६ बजेदेखि लागू हुनेगरी भएको हिजोको निर्णयअनुसार मानिसहरु घरबाट निस्किएका छैनन्।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ। आज बिहान ६ बजेदेखि लागू हुनेगरी भएको हिजोको निर्णयअनुसार मानिसहरु घरबाट निस्किएका छैनन्।

काठमाडौं उपत्यकाको सडक पूरै सुनसान छ भने बजार पनि पूर्ण रुपमा बन्द छन्। सडकमा सुरक्षाकर्मी भने उल्लेख्य देखिन्छन्। अत्यावश्यक सेवा सञ्चालनका सवारी साधनबाहेक अन्य चलेका छैनन्। बिहानै सडकमा निस्किएका केही सवारीसाधन प्रहरीले फर्काइदिएको छ ।

परिचयपत्रको चेकजाँचलाई पनि कडाइ गरिएको छ । लगभग कर्फ्युको अवस्था सडकमा छ। माइकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न र घर बाहिर ननिस्कन आग्रह गर्दै हिँडेको छ ।

भित्रि सडकमा भने मानिसहरु केही मात्रामा हिँडेका देखिन्छन् र साना पसलहरु पनि खुलेका छन्।

मानिसहरुलाई घर बाहिर निस्कन नदिने र अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको थियो।

प्रकाशित: Mar 24, 2020| 02:33 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।