बिहीबार, भदौ ४, २०८३

चितवनका १५ वटा पत्रपत्रिका २१ गतेसम्म बन्द

चितवनमा सञ्चालनमा रहेका छापा माध्यम यही चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

चितवनमा सञ्चालनमा रहेका छापा माध्यम यही चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ। कोभिड–१९ को त्रासका कारण जिल्लामा समाचार सङ्कलन गर्न नियमित काममा खटिन र खटाउन नसक्ने अवस्था आएका कारण छापामाध्यम बन्द गरिएको जिल्लाबाट सञ्चालित १५ पत्रिकाले आज एक विज्ञप्ति जारी गरेका छन्।

पत्रपत्रिकाका माध्यमबाटसमेत कोभिड–१९ सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने खतरा भएका कारण छापा माध्यम बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “पत्रपत्रिका बन्दका कारण निरन्तर सूचना पाउने पाठकको हक कुण्ठित हुन नदिन अनलाइन संस्करण निरन्तर गरिने छ ।”

रासस

प्रकाशित: Mar 23, 2020| 14:40 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।