बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री राउतको आग्रह

सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री राउतको आग्रह

विश्वभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सेल्फ क्वारेन्टाइनमा बस्न नागरिकसँग आग्रह गरेका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

जनकपुरधाम- विश्वभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सेल्फ क्वारेन्टाइनमा बस्न नागरिकसँग आग्रह गरेका छन्।

कोरोना नियन्त्रण गर्न सरकारको प्रयासमात्र पर्याप्त नरहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेशवासीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन्।

सोमबार एक अपिल जारी गर्दै मुख्यमन्त्री राउतले विश्वभर त्राहिमाम मचाएको कोरोनाबाट जोगिन सेल्फ क्वारेन्टाइनमात्र उचित विकल्प रहेको भन्दै सरकारले उठाएको कदममा सहयोग गर्न आग्रह गरेका छन्।

कोरोना रोकथाम गर्न प्रदेश सरकारले यसअघिनै सबै जिल्लालाई ५०/५० लाख रुपैयाँ उपलब्ध गराएपनि त्यो रकममात्र पर्याप्त नरहेको उनले बताएका छन्।

मुख्यमन्त्री राउतले आ–आफ्नो घरमै बसी एक अर्कालाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन र सहयोग गर्न अपिल गरेका छन्।

प्रकाशित: Mar 23, 2020| 13:34 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।