बिहीबार, भदौ ४, २०८३

भोलिदेखि प्रदेश १ का तीन मुख्य सहर ‘लकडाउन’ हुने

मंगरबारदेखि प्रदेश १ का तीन मुख्य सहर लकडाउन हुने भएका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

इटहरी- मंगरबारदेखि प्रदेश १ का तीन मुख्य सहर लकडाउन हुने भएका छन्। कोभिड–१९ को सम्भावित जोखिमलाई कम गर्न सहरहरु लकडाउन गर्न लागिएको स्थानीय सरकारका अधिकारीहरुले बताएका छन्।

भारतीय राज्य विहारसँग जोडिएको तथा जोगबनी नाका भएको विराटनगर महानगरपालिका मंगरबारदेखि लकडाउन हुने भएको छ। मेयर भिम पराजुलीले पत्रकारहरुसँग कुरा गर्दै लकडाउन गर्ने बताएका छन्।

लकडाउन स्थानीय सरकारको नभएर स्थानीय जनताको आग्रहमा भएको मेयर पराजुलीले बताए। अनिश्चितकालीन लकडाउन हुने मेयर पराजुलीले बताए।

यस्तै इटहरी उपमहानगरकी कार्यवाहक मेयर लक्ष्मी गौतमले चैत ११ देखि २१ गतेसम्म लकडाउन गर्ने बताइन्। सोमबार भएको नगरकार्यपालिकाको बैठकपछिको निर्णय सार्वजनिक गर्दै कार्यवाहक मेयर गौतमले अत्यावश्यक बाहेकको हिँडडुल निशेध गरिने बताइन्।

यसैगरी, धरान उपमहानगरपालिकाले पनि आजबाटै चैत्र २१ सम्म लकडाउन हुने बताएको छ। मेयर तिलक राईले सवारीसाधनदेखि व्यापार व्यवसाय सबै बन्द हुने बताए।

यसैबीच, उद्योग वाणिज्य संघ इटहरी तथा सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीले पनि विज्ञप्ती जारी गर्दै लकडाउन गर्न आग्रह गरेका छन्। उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेल तथा सुनसरी उद्योग वाणिज्य संघ धरानका महासचिव राजेश अग्रवालले चैत्र ११ देखि २१  सम्म लकडाउन गर्न आग्रह गरेका छन्।

एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी भिम दाहालले पनि सवारीमा मंगरबारबाट लकडाउन हुने सार्वजनिक जानकारी दिएका छन्। दाहालका अनुसार अत्यावश्यक सवारी बाहेक सबै बन्द हुनेछन्।

प्रकाशित: Mar 23, 2020| 13:28 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।