मंगलबार, असार ३०, २०८३

ला लिगासहित र स्पेनका सबै लिग अनिश्चितकालका लागि स्थगित

स्पेनको शीर्ष लिग ला लिगा र अन्य सबै फुटबल प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

एजेन्सी- स्पेनको शीर्ष लिग ला लिगा र अन्य सबै फुटबल प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको छ।

ला लिगा र स्पेनिस फुटबल एसोसिएसन सरकारको निर्णयमा सहमत भएपछि स्पेनका सबै फुटबल प्रतियोगिता स्थगित भएका हुन्।

अब सरकारले नयाँ मिति जारी गरेपछि मात्र प्रतियोगिता हुने बताइएको छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म फुटबल खेलाडी र अधिकारीहरु विश्वस्त हुँदैनन् कि यो स्वास्थ्य जोखिम सकिइसकोको छ, तसबम्म देशका सबै फुटबललाई निलम्बन गरिएको छ।’

यता, स्पेनमा संक्रमण छिटै सकिने अवस्था छैन। त्यसैले कसैले पनि सरकारले चाँडै खेल सुरु गर्छ भन्ने आशा गरेका छैनन्। यसअघि स्पेनमा अप्रिल ३ तारिकसम्म फुटबल खेल स्थगित गरिएको थियो।

कोरोना भाइरसको जोखिमका कारण स्पेनको पुरै क्षेत्र अप्रिल १२ सम्मको लागि लक डाउन गरिएको छ। १४ मार्चबाट लगातार १५ दिनको आपकालित अवस्था घोषण गर्दै लक डाउन गरिएको थियो। तर अवस्था सामान्य नभएपछि स्पेन सरकारले लकडाउनको म्याद १५ दिनलाई थप गरेको हो।

सोमबार साँझसम्ममा स्पेनमा ३३ हजार ८९ मा कोरोनाको संक्रमण पुष्टी भइसकोको छ। सोमबार मात्रै त्यहाँ ४ सय भन्दा बढीको मृत्यु भइसकेको छ।

स्पेनमा मृत्यु हुनेको संख्या २ हजार १८२ पुगेको छ। नयाँ विरामी फेला पर्ने क्रम पनि रोकिएको छैन।

प्रकाशित: Mar 23, 2020| 12:45 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।