बिहीबार, भदौ ४, २०८३

सुर्खेतमा पनि जोरविजोर प्रणाली

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भोलिदेखि जोरविजोर प्रणाली लागू हुने भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भोलिदेखि जोरविजोर प्रणाली लागू हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि सावधानी अपनाउन जोड–विजोर प्रर्णाली लागू गर्न लागिएको जनाएको छ।

जसअनुसार भोलि विजोर नम्बर भएका सवारी साधानमात्रै सञ्चालन हुनेछन्।

यो नियम मोटरसाइकल, अटो गाडी सबैमा लागू हुने सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण खड्काले जानकारी दिए।

यस्तै राती १० बजेदेखि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, सुरक्षाकर्मीका सवारी साधन बाहेक अन्य कुनै पनि सवारी साधनहरुको आवागमन बन्द गरिने जनाइएको छ।

तर दैनिक खाद्यवस्तु, औषधिपसल वाहेक अन्य पसलहरु रेस्टुरेन्ट, बार, चिया, पसल सञ्चालन हुने छन्।

प्रशासनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन, जमघट भेला नगर्न समेत आग्रह गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि जोरविजोर प्रणाली लागू गरेको छ।

प्रकाशित: Mar 23, 2020| 12:08 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।