बिहीबार, भदौ ४, २०८३

जनकपुरका २० ठाउँमा हात धुने पानी र ह्यान्डवास

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि जनकपुरका २० स्थानमा हात धुने व्यवस्था गरिएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

जनकपुरधाम- कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि जनकपुरका २० स्थानमा हात धुने व्यवस्था गरिएको छ।

जनकपुर उद्योग वाणिज्य संघ र नेपाल प्रहरी श्रीमती संघको संयुक्त सहयोगमा जनकपुरको २० वटा चोकमा हात धुन पानी र ह्यान्डवासको व्यवस्था गरिएको हो।

कोरोना संक्रमणको जोखिम कम गर्न हात धोइराख्नुपर्ने भएकोले जनकपुरका २० वटा चोकमा ड्रममा पानी र ह्यान्डवासको व्यवस्था गरिएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले जानकारी दिए।

साहका अनुसार जनकपुरको शिवचोक, जनक चोक, भानुचोक, जिरोमाइल, रामानन्द चोकलगायतका स्थानमा पानी र ह्यान्डवासको व्यवस्था गरिएको छ।

कोरोना संक्रमणको जोखिमबाट जोगिन चोकहरुमा राखिएको पानी र ह्यान्डवासको प्रयोग गर्न सर्वसाधारणलाई वाणिज्य संघ र नेपाल प्रहरी श्रीमती संघले आग्रह गरेको छ।

पानी र ह्याण्डवासको सुरक्षाको लागि सबै स्थानमा प्रहरी खटिने बताइएको छ।

प्रकाशित: Mar 23, 2020| 11:58 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।