बिहीबार, भदौ ४, २०८३

हीरा लुट्ने प्रहरी र पत्रकार पक्राउ

हीरा लुटपाटमा संलग्न ३ प्रहरी र एक पत्रकार मकवानपुरबाट पक्राउ परेका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– हीरा लुटपाटमा संलग्न ३ प्रहरी र एक पत्रकार मकवानपुरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा असई सुरेन बस्याल, जवान हेमकान्त मगर र वीरबहादुर बस्नेत छन्।

उनीहरु महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्ने पत्रकार ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य हुन्।

मकवानपुर कैलाश गाउँपालिका–५ चौकीटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ लुटरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

हीरा लुटिएको खबरपछि इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट हीरा ६१.६० क्यारेट एक थान, पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ।

यस्तै लुटपाटमा प्रयोग गरिएको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कारसमेत नियन्त्रणमा लिइएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जना प्रहरीलाई निलम्बन गरेको जानकारी दिए। उनीहरु डिउटी सकेपछि हीरा चोर्न मकवानपुर पुगेको पोखरेलले बताए।

प्रकाशित: Mar 23, 2020| 11:51 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।