बिहीबार, भदौ ४, २०८३

बेलहिया नाकाः स्वास्थ्य परीक्षणका नाममा खेलाँची

दैनिक १८ देखि २० हजारसम्म मानिसहरु भित्रिरहेको नेपाल भारत सीमा नाका बेलहियामा कोरोना संक्रमण परीक्षणका नाममा झारा टार्ने काम भैरहेको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

भैरहवा– दैनिक १८ देखि २० हजारसम्म मानिसहरु भित्रिरहेको नेपाल भारत सीमा नाका बेलहियामा कोरोना संक्रमण परीक्षणका नाममा झारा टार्ने काम भैरहेको छ।

प्रदेश ५ सरकारको अस्थायी मुकाम बुटवल भन्दा २२ किलोमिटर दक्षिण को उक्त नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका पनि हो।
सरकारले विदेशी यात्रु प्रवेशमा सुरक्षाकर्मी लगाएर कडाइ गरे पनि स्वास्थ्य परीक्षणमा भने झारा टार्ने काम गरेको छ ।

नेपाल (बेलहिया) सुनौली (भारत) को दसगजामा हप्तादिनदेखि सामन्य किसिमको टेन्ट लगाएर तापक्रम नाप्ने मेशिन र स्यानेटाईजर सहित बसेका स्थानीयले परीक्षण गरिरहेका छन्।

उता पारीपट्टी रहेको भारतीय पक्षले दसगजामै स्रोत साधन सम्पन्न स्वास्थ्यकर्मीको टोली खटाएको छ।

भारततर्फ जाने व्यक्तिलाई एकजना फिजिसियनको नेतृत्वमा खटिएका स्वास्थ्यकर्मीले परीक्षण गरिरहेका गरिरहेका छन्।

तर केही कदम वारीको क्लिनक भने अस्तव्यस्त पाल मुनी बसेका स्थानीय स्वयम्सेवीले चलाइरहेका छन्। न त उनीहरुले सुरक्षाका कुनै उपाय अपनाएका छन्।

बेलहियाका स्थानिय अगुवा शिव शर्मा, रमेश थापा, अर्जुन गिरी, धर्मराज गिरी लगायतको पहलमा एक साताअघि उक्त स्वास्थ्य डेस्क सन्चालन भएको हो।

अर्जुन गिरीले भने, “सरकारका तर्फबाट अनमी खटाउने बाहेक अरु व्यवस्था केही भएन त्यसैले हामीले सहयोग गरिरहेका छौैं।”

भारतबाट आउनेलाई सेल्फ क्वारेन्टाइनमा पठाइने भने पनि त्यसको अनुगमन भइरहेेको छैन ।

प्रकाशित: Mar 23, 2020| 11:54 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।