मंगलबार, असार ३०, २०८३

राखेपले भौतिक पूर्वाधार क्वारेन्टाइन बनाउन दिने

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्ना भौतिक पूर्वाधार क्वारेन्टाइन बनाउन सरकारलाई उपलब्ध गराउने भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्ना भौतिक पूर्वाधार क्वारेन्टाइन बनाउन सरकारलाई उपलब्ध गराउने भएको छ। राखेपले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न यस्तो निर्णय गरेको बताएको छ।

उसले विज्ञप्तिमा भनेको छ, ‘सरकारले गरेको निर्णय अनुसार क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने राष्ट्रिय खेलकुद् परिषद् अन्तर्गत उपत्यकामा रहेको दशरथ रंगशाला, सातदोबाटो खेलकुद परिसर, मूलपानी, कीर्तिपुर, च्यासल, सानो गौचरनलगायत सातै प्रदेश तथा जिल्लामा रहेका भौतिक पूर्वाधार प्रायोग गर्नुहुन परिषद् हार्दिक अनुरोध गर्दै कोराना संक्रमणको रोकथामका लागि राष्ट्रिय खेलकुद परिषद् ऐक्यबद्धता व्यक्त गर्दछ।’

आफ्ना पूर्वाधार क्वारेन्टाइन बनाउन दिने निर्णयका साथै राखेपले सरकारले गरेको कोरोना भाइरसको संक्रमणबाट बच्ने निर्णय व्यवहारिक रुपमा पालन गर्न पनि अग्रह गरेको छ। उसले भनेको छ, ‘विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाइरस संक्रमणबाट बच्न चेतना अभिवृद्धिका लागि नेपाल सरकारले गरेको अपिल व्यवहारिक रुपमा पालना गर्न राष्ट्रिय खेलकुद परिषद् आमजनसमुदाय हार्दिक अनुरोध गर्दछ।’

एन्फाले पनि हिजो विज्ञप्ति निकाल्दै आफ्ना पूर्वाधारहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको थियो। सरकारले वैशाख १८ गतेसम्म सबै खेलकुदका गतिविधि स्थगित गरिसकेको छ।

प्रकाशित: Mar 23, 2020| 11:20 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।