शनिबार, कात्तिक २९, २०८२

सञ्चारकर्मी गोमाको कोराना भाइरस चेतनामूलक गीत

सञ्चारकर्मी गोमा परियारको शब्दमा लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाज रहेको ‘कोरोना भाइरस’ बोलको गीत सार्वजनिक भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं- सञ्चारकर्मी गोमा परियारको शब्दमा लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाज रहेको ‘कोरोना भाइरस’ बोलको गीत सार्वजनिक भएको छ।

National life

गायक खातीकै संगीत रहेको कोरोना भाइरस गीत जनचेतनामूलक गीत हो।

विश्वभरि १३ हजार बढिको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भइहाले कसरी उपचार गर्ने, सावधानी केकस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमूलक गीतमा विभिन्न चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ।

कलाकार दीपाश्री निरौला, पत्रकार ऋषि धमला, राष्ट्रियसभा सदस्य कोमल ओली, गायक बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई (फुँलन्देकी आमा) राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ।

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 23, 2020| 10:58 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्