बिहीबार, भदौ ४, २०८३

दादुरा रुबेला खोप स्थगित

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सुरु नभएका स्थानहरुमा चैत मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सुरु नभएका स्थानहरुमा चैत मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। मन्त्रालले मन्त्रालयले फागुन र चैत महिनामा सञ्चालित राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सञ्चालन सुरु नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरुमा स्थगित निर्णय गरेको हो।

परिवार कल्याण महाशाखाद्धारा सञ्चालित खोप अभियान अन्तर्गत हाल सञ्चालनमा रहेका नगरपालिका, वडा, स्वास्थ्य संस्थाहरुमा भने कार्यक्रम यथावत रहनेछन् । महाशाखाका प्रमुख झलक गौतमका अनुसार खोप अभियान सुरु नै नभएका स्थानमा भने चैत मसान्तसम्मका लागि खोप कार्यक्रम स्थगित भएको छ ।

खोप सेवा सञ्चालन गर्दा भीडभाड हुन नदिने व्यवस्था गरी सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ। फागुन र चैतमा खोप अभियान सक्नेगरि तयारी गरिएको अभियान अन्र्तगत प्रदेश नं १, २ र ५ मा मा खोप अभियान सकिएको छ भने बाँकी प्रदेशमा करिब ५० प्रतिशत खोप लगाइएको महाशाखा प्रमुख गौतमले बताए । दादुरा रुबेलाको जोखिम बढेपछि खोप अभियान गर्नुपरेको गौतमले बताए ।

 

प्रकाशित: Mar 23, 2020| 10:43 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।