बिहीबार, वैशाख ३१, २०८३

कोरोना कोषमा प्रकाश सपूतको दुई लाख सहयोग

 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– गायक प्रकाश सपूतले कोरोना कोषमा दुई लाख रूपैयाँ सहयोग गरेका छन्।

National life

सपूतले उक्त रकमको चेक पत्रकार महासंघ बाग्लुङमार्फत् सरकारको खातामा जाने गरी उपलब्ध गराएको जनाएका छन्।

सरकारले कोरोनाको जोखिम कम गर्न गरेको काम अपुरो भएको भन्दै सक्रियता अझ जरुरी भएको बताए। उनले भने, “बिहान कमाएर बेलुका खाने वर्गलाई पनि सरकारले हेर्नुपर्छ।”

उनले अहिलेको जस्तो अवस्था लामो समयसम्म भए के गर्ने भनेर पनि सरकारले बेलैमा खाका बनाएर निम्न गर्व, अशक्त र वृद्धवृद्धाको लागि विशेष प्याकेज ल्याउनुपर्ने बताएका छन्।

‘बोल माया’ गीतबाट चर्चा कमाएका सपूतको ‘गलबन्दी’ बहुचर्चित गीत हो।

उनी अहिले चलचित्र ‘परदेशी–२’मा अभिनय गरिरहेका छन्। कोरोनाकै कारण सुटिङ रोकिएकाले सपूत यतिबेला जन्मथलो बाग्लुङमा छन्।

प्रकाशित: Mar 23, 2020| 10:41 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्