बिहीबार, भदौ ४, २०८३

गृहको निर्देशनविपरीत स्वास्थ्य मन्त्रालयमा भीड

सरकारी निकायले नै सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना र सुझावहरु आइरहेका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– गत बुधबार गृह मन्त्रालयले कोरोेना संक्रमणको जोखिम न्यूनीकरणका लागि एक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गर्यो । यसको अनुगमन कडाइका साथ गरिने जानकारी पनि मन्त्रालयले दिएको थियो। गृहको निर्देशनअनुसार थुप्रै कार्यक्रमहरु स्थगित भए।

आज (सोमबार) भने गृह मन्त्रालयको निर्णयलाई स्वास्थ्य मन्त्रालयले अवज्ञा नै अवज्ञा गरेको देखियो। स्वास्थ्य मन्त्रालयले दिउँसो आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा झन्डै सयजना उपस्थित थिए। मन्त्रालयको खचाखच थियो । हलमा पत्रकार त थिए नै, स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयका पदाधिकारी पनि उपस्थित थिए।

सरकारी निकायले नै सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना र सुझावहरु आइरहेका छन्। पत्रकार प्रतीक प्रधानले ट्विटरमा सुझाव दिएका छन्, ‘अब सबै सरकारी विज्ञप्ति, प्रेस सम्मेलन र छलफल टेलिभिजन लाइभ गरौं । पत्रकार बोलाएर भिडभाड नगरौं । व्यक्तिगत दूरी सरकारले पनि पालना गरौं।’

अर्का पत्रकार गनी अन्सारीले ट्विट गरेका छन्, ‘सामाजिक सञ्जालहरू फेसबुक र ट्विटर लाइभमार्फत्‌ पनि त कोरोना भाइरस सङ्क्रमित ती नेपालीबारे जानकारी गराउन सकिन्थ्यो नि। पत्रकार सम्मेलनका लागि भौतिक रूपमा बोलाउने र जाने दुवै मलाई संवेदनशील लागेनन्।’

सोमबार नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिन स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरेको थियो । संक्रमित व्यक्तिलाई अहिले टेकु अस्पतालमा राखिएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा स्वास्थ्य सेवा विभागका पदाधिकारीहरु पनि थिए । दुवै कार्यालय कोरोना संक्रमितको उपचार भइरहेको टेकु अस्पताल परिसरमै छन्।

स्वास्थ्य मन्त्रालयमै २५ जनाभन्दा बढीको भीड लागेको बारे सञ्चारकर्मीले प्रश्न उठाएपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भने, ‘अबको पत्रकार सम्मेलन यसरी हुँदैन, अब मन्त्रालयले भीड जम्मा नगरी सूचना दिन्छ।’

 

प्रकाशित: Mar 23, 2020| 09:52 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।