बिहीबार, भदौ ४, २०८३

डोटीमा क्षमापूजा

कोरोना भाइरस नभित्रियोस् भन्ने कामना गर्दै डोटीको भागेश्वरमा क्षमापूजा गरिएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

डोटी– कोरोना भाइरस नभित्रियोस् भन्ने कामना गर्दै डोटीको भागेश्वरमा क्षमापूजा गरिएको छ।

कपल्लेकी, मुडेगाउँ र कालागाडका स्थानीय र व्यापारीले सेती किनारामा रहेको भागेश्वर गाथमा सत्यनारायणको कथा लगाई क्षमापूजा गरेको व्यवसायी दीपकबहादुर खड्काले जानकारी दिए।

कोरोना भाइरस संक्रमण नफैलियोस् भन्दै भागेश्वर गाथमा सत्यनारायणको पूजा गरिएको भागेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गोरख बोगटीले बताए।

मंगलबार र बुधबार सालमुनिमा पनि पूजा गर्ने तयारी छ। यसअघि शैलेश्वरी मन्दिरमा पनि क्षमापूजा गरिएको थियो।

दैवी प्रकोप, प्राकृतिक प्रकोप, हैजालगायतका महामारी फैलिँदा तथा गाईबस्तुमा खोरेंत रोग, खेतबारीमा डढुवा रोग र खडेरी पर्दा क्षमापूजा गर्ने प्रचलन छ।

प्रकाशित: Mar 23, 2020| 09:18 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।