काठमाडौं– भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई बसेकै ठाउँमा सुरक्षित भएर बस्न आग्रह गरेको छ।
भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएपछि दूतावासले सोमबार अपिल जारी गर्दै त्यहाँका सम्पूर्ण नेपालीहरूलाई सुरक्षित रहेर बस्न आग्रह गरेको हो।
दूतावासद्वारा जारी अपिलमा भनिएको छ, “नेपाल–भारत सीमामा मानिसको आवतजावतमा बन्देज लगाएको सन्दर्भमा भारतमा रहेका नेपालीहरूलाई आ–आफ्नो नियमित बसोबास भएकै स्थानमा सुरक्षितसाथ बस्न तथा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन दूतावास अपिल गर्दछ।”
भारतमा अहिलेसम्म चार सय १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने यसबाट सात जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।