बिहीबार, भदौ ४, २०८३

प्रदेश–५ का १९ अस्पतालमा ११० आइसोलेसन बेड

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि प्रदेश ५ सरकारले विशेष सतर्कता अपनाइएको बताएको छ ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

भैरहवा– कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि प्रदेश ५ सरकारले विशेष सतर्कता अपनाइएको बताएको छ। प्रदेश सरकारले ५ नम्बर प्रदेशका विभिन्न १९ वटा अस्पतालमा ११० वटा आइसोलेसन बेड तयार पारेको हो।

११ वटा आइसोलेटेड बेड तयार भइसकेको सामाजिक विकास मन्त्रालय अस्पताल महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताए। ‘हरेक अस्पतालमा सम्पर्क व्यक्ति समेत तोकिएको छ, जसको मुख्य जिम्मेवारी आइसोलेसनको नियमन हो,’ उनले भने।

प्रदेश ५ सरकारले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा १० वटा आइसोलेसन बेड तयार गरेको छ। यसैगरी लुम्बिनी मेडिकल कलेजमा पनि १० बेड बनाइएको छ।

यसैगरी देवदह मेडिकल कलेज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तिनाउ अन्तर्राष्ट्रिय अस्पताल र गुल्मी अस्पतालमा पनि आइसोलेटेड बेड तयार गरिएको छ।

युएमएन अस्पताल पाल्पामा ६ वटा, मेडिटेक अस्पतालमा ६ वटा, नेपालगन्ज मेडिकल कलेजमा ६ वटा, भेरी अस्पतालमा ६ वटा, पृथ्वीचन्द्र अस्पताल परासीमा ५ वटा र सिद्धबाबा अस्पतालमा ५ वटा बेड तयार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसैगरी लुम्बिनी सिटी अस्पतालमा ४ वटा, कपिलवस्तु अस्पतालमा ४ वटा, भीम अस्पताल भैरहवामा ४ वटा, राप्ती प्रादेशिक अस्पतालमा ३ वटा, लुम्बिनी प्रादेशिक अस्पतालमा २ वटा र मर्सिसिटी अस्पतालमा दुईवटछा आइसोलेटेड बेड तयार भएका छन्।

 

प्रकाशित: Mar 23, 2020| 07:48 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।