बिहीबार, भदौ ४, २०८३

कैलालीमा दिउँसो २ बजेदेखि निषेधाज्ञा

कोरोना भाइरस (कोभिड–१९) संक्रमण भित्रिन नदिन कैलालीमा निषेधाज्ञा लागु गरिएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

धनगढी– कोरोना भाइरस (कोभिड–१९) संक्रमण भित्रिन नदिन कैलालीमा निषेधाज्ञा लागु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, कैलालीले सोमबार सूचना जारी गरी आज दिउँसो २ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको जनाएका छन्।

“उक्त समयमा अत्यावश्यक सेवाहरू बाहेकका अन्य सबै सेवा/स्थलहरू आज मिति २०७६/१२/१० गते १४ः०० बजेदेखि अर्काे आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)बमोजिम यस जिल्लाभरी नगर्न/नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको छ। उक्त आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ,” कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

यसअघि संघीय सरकारले सुदूरपश्चिम प्रदेशका सबै नाका बन्द गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित: Mar 23, 2020| 07:44 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।