फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली युवतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
१९ वर्षे ती युवतीको टेकु अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
ती युवती कतार एअरवेजबाट चैत ४ गते काठमाडौं आइपुगेकी हुन्।
अहिले पनि नेपाली र विदेशी गरी ७१ जना शंकास्पद खरिपाटी क्वारेन्टाइनमा रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए। संक्रमित युवतीको परिवारलाई पनि आइसोलेसनमा राखिने उनले बताए।
अहिलेसम्म ६०० जनाको परीक्षण गरिएकोमा दुईजनामा पोजेटिभ देखिएको हो। यसअघि एकजनामा कोरोना भाइरस देखिएको थियो। उनी उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन्।