बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट दक्षिण एसियामा १५ को मृत्यु, १३३७ संक्रमित

कोरोनाबाट दक्षिण एसियामा १५ को मृत्यु, १३३७ संक्रमित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण एसियामा पनि तिब्र गतिमा फैलिएको छ ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण एसियामा पनि तिब्र गतिमा फैलिएको छ ।

अघिल्लो एक हप्ता अघिसम्म खासै असर नदेखिएको दक्षिण एसियाली मुलुकहरुमा पछिल्लो एक हप्तामै १ हजार ३ सय ३७ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

कोरोनाको संक्रमण दक्षिण एसियमा सबैभन्दा बढि पाकिस्तानमा फैलिएको छ । पाकिस्तानमा मात्रै ७७६ जनामा संक्रमण भएको पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको वर्डओमिटरले जनाएको छ ।

दोस्रोमा भारत देखिएको छ । जहाँ ३९६ जना संक्रमित भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ । अफगानिस्तामा ४० जना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । बंगलादेशमा २७ जना कोरोनाबाट संक्रमित हुँदा २ जनाको मृत्यु भएको छ ।

श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको छैन । श्रीलङ्कामा ८२ जना संक्रमित भएका छन् भने माल्दिभ्समा १३ जनामा कोरोना देखिएको छ । भुटानमा दुई जनामा संक्रमण भेटिएको वर्डओमिटरले जनाएको छ ।

नेपालमा भने अहिलेसम्म एक जनामा मात्रै कोरोना संक्रमण भेटिएको छ । संक्रमित युवा उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।

प्रकाशित: Mar 23, 2020| 06:25 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।