मंगलबार, असार ३०, २०८३

टोकियो ओलम्पिकबारे २८ दिनमा निर्णय गरिने : आईओसी

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले टोकियो ओलम्पिकबारे २८ दिनमा निर्णय गरिने जनाएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले टोकियो ओलम्पिकबारे २८ दिनमा निर्णय गरिने जनाएको छ।

पटक–पटक ओलम्पिक स्थगन नहुने बताउँदै आएको आईओसीले पछिल्लो समय भने यसबारे लचिलो बनेको हो। आईओसीका कार्यकारी सदस्यहरूले यही हप्ता बैठक बोलाएर ओलम्पिकबारे २८ दिनमा निर्णय गर्ने बताएका छन्।

यस्तै, आईओसीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र जोखिमबारे एथ्लेटिक्स र राष्ट्रिय ओलम्पिक कमिटीबाट आएको दबाबलाई मध्यनजर गर्दै निर्णय गरिने बताएको छ।

“विश्वव्यापीरूपमा जनजीवन बिग्रिएको अवस्था छ। यस्तोमा आईओसीका बोर्ड सदस्यहरूले खेलमा अर्को प्लानिङ गनुर््पर्ने हुन्छ,” आईओसीको एक सूचनामा भनिएको छ, “हालको सिनेरियोले भइरहेको कार्ययोजनालाई परिवर्तन गर्नुपर्ने र २४ जुलाई २०२० बाट हुने प्रतियोगिताको मिति सार्नुपर्ने देखिन्छ।”

तर, खेल रद्द गर्नेबारे कुनै हालतमा निर्णय नगर्ने आईओसीले बताएको छ। त्यसैले ओलम्पिक केही महिनासम्म र एक वर्ष पनि सार्न सकिने आईओसीले बताएको छ।

त्यस्तै इंग्ल्यान्डको ब्रिटिस ओलम्पिक एसोसिएसन (बीओए)का अध्यक्ष सर हुज राबर्टसनले पनि आईओसीले स्वागतयोग्न निर्णय गर्नेमा विश्वस्त रहेको बताएका छन्।

उनले भने, “टोकियो ओलम्पिक २०२० स्थगनबारे हामी आईओसीको बोर्ड कार्यकारीको निर्णयलाई स्वागत गर्ने छौं। तर, एथ्लेटिक्सबारे आईओसीले चाँडो निर्णय गरोस भन्ने चाहन्छौं।”

अस्ट्रेलिया र क्यानाडाले भने टोकियो ओलम्पिक २०२० मा सहभागी नहुने भनेर निर्णय गरिसकेका छन्।

एजेन्सी

प्रकाशित: Mar 23, 2020| 06:11 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।