बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गगन थापाको प्रस्ताव– सांसदको एक महिनाको तलब कोरोना कोषमा दिऊँ

गगन थापाको प्रस्ताव– सांसदको एक महिनाको तलब कोरोना कोषमा दिऊँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदहरुको एक महिनाको तलब कोरोना कोषमा राख्न प्रस्ताव गरेका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदहरुको एक महिनाको तलब कोरोना कोषमा राख्न प्रस्ताव गरेका छन्। सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग जुटाउन उनले यस्तो आग्रह गरेका हुन्।

सोमबार ट्वीट गर्दै उनले भनेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं। जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’

नागरिकलाई पनि सरकारले आश्वस्त तुल्याउनुपर्ने थापाको भनाइ छ। ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिने छैन भनेर आश्वस्त पारोस्,’ उनले लेखेका छन्।

प्रकाशित: Mar 23, 2020| 05:05 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।