आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टोकियो आलम्पिकमा क्यानडा सहभागी नहुने, रोकिने सम्भावना बढ्यो

टोकियो आलम्पिकमा क्यानडा सहभागी नहुने, रोकिने सम्भावना बढ्यो

टोकियोमा आयोजना हुन लागेको ओलम्पिक र पारालम्पिक नहुने संकेत देखिएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

एजेन्सी– टोकियोमा आयोजना हुन लागेको ओलम्पिक र पारालम्पिक नहुने संकेत देखिएको छ। क्यानाडाले आफ्ना खेलाडीहरुलाई प्रतियोगितामा सहभागी नगराउने बताएपछि फेरि प्रतियोगिता नहुनेबारे शंका उब्जिएको हो।

National life

जापानका प्रधानमन्त्री सिन्जो आबेले ओलम्पिक सार्न सकिनेबारे विचार गरिने बताएपछि क्यानडाले ओलम्पिकबाट पछि हटाएको छ।

क्यानाडाको ओलम्पिक र पारालम्पिक कमिटीले भनेको छ, ‘ओलम्पिक २०२०मा आफ्ना खेलाडी, खेल समूह र सरकार सहभागी नगर्ने एक अप्ठ्यारो निर्णय हामीले गर्यौं,’ त्यसपछि उसले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी र विश्व स्वास्थ्य संगठनलाई खेल एक वर्षका लागि स्थगित गर्न अपिल गरेको छ।

‘जब हामीले प्रतियोगिता स्थगनका लागि अन्तर्निहित जटिलताहरु चिनिसक्यौं, त्यसपछि हामीले एथ्लेटिक्सहरुको स्वास्थ्य र सुरक्षाबाहेक कुनै पनि कुरा ठूलो सोच्नु हुँदैन,’ क्यानाडाको स्टेटमेन्टमा भनिएको छ।

उसको सूचनापछि सामाजिक सञ्जालमा ‘आजको स्थगित भोलिको विजय’ भनेर नारासमेत पोस्ट गरेको छ।

Laxmi sunrise bank
kumari

अष्ट्रेलियन टिमले पनि यो वर्ष ओलम्पिक नहुनेमा शंका नगर्न आफ्ना नागरिकलाई बताएको छ। त्यसैले उसले आफ्ना सबै एथ्लेटिक्सलाई २०२१ को खेलका लागि तयारी गर्नुपर्ने सुझाव दिएको छ।

केही हप्ताअघि जापानका प्रधानमन्त्री सिन्जो आबेले कुनै हालतमा पनि प्रतियोगिता नरोकिने बताएका थिए। तर हिजो संसदमा बोल्दै आबेले प्रतियोगिता स्थगनबारे पहिलोपटक बोलेका थिए।

‘पूरै तवरले खेल गराउन धेरै अप्ठ्याराहरु छन् तर जब हामी खेलाडीको सुरक्षाबारे सोच्छौं, स्थगनको निर्णय पनि विर्सनलायक छैन,’ उनले भने। उनले खेल स्थगित भने भइनसकेको बताएका छन्।

यसअघि विश्वभरी शान्ति भएको र युद्धको अवस्था नरहँदा पनि ओलम्पिक खेल स्थगन भएको थिएन।

प्रकाशित: Mar 23, 2020| 05:01 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।