बिहीबार, भदौ ४, २०८३

आजदेखि एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने

कोरोना भाइरसको त्रास बढेसँगै सरकारले आज (सोमबार)देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाएको छ ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं- कोरोना भाइरसको त्रास बढेसँगै सरकारले आज (सोमबार)देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाएको छ ।

कोरोना रोकथामका लागि सावधानी अपनाउन भन्दै सरकारले यस्तो निर्णय गरेको हो । सहरभित्र चल्ने सार्वजनिक साधनमा भने अवरोध हुनेछैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सहरका जुनसुकै ठाउँमा पनि सवारीसाधन चल्न दिने तर एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाउने जानकारी दिए ।

उनका अनुसार अब काभ्रेबाट काठमाडौं चल्ने स्थानीय रुटका गाडी पनि चल्न पाउँदैनन् । उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंलाई एउटै सहर मानेर यी जिल्लामा लोकल गाडी चल्ने व्यवस्था गरिएकाले यहाँ भने यो नियम लागु हुने छैन् ।

यी तीन जिल्लाबाहे अन्यत्र जान आउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए । उनले यो नियम कडाइका साथ कार्यान्व्यन हुने बताए ।

यस्तै आजैबाट सरकारले लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।

बुधबारसम्मको टिकट बुक भए पनि सोमबारबाट लामो दूरीका सवारी बन्द हुने भएपछि यात्रुले आइतबार टिकट सारेर घर फर्किएका छन्। केही यात्रुले भने टिकट नपाएपछि घर जान नपाएको गुनासो गरेका छन्।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार एकै दिन २ लाख २२ हजार ४ सय ७ जनाले उपत्यका छाडेका छन् ।

प्रकाशित: Mar 23, 2020| 02:19 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।