बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणका लागि ट्रम्पको सहयोग प्रस्ताव इरानद्वारा अस्वीकार

कोरोना नियन्त्रणका लागि ट्रम्पको सहयोग प्रस्ताव इरानद्वारा अस्वीकार

इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन्।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन्।

आइतबार इरानमा थप १२९ जनाको मृत्यु भएको छ । इरानमा कोभिड–१९का कारण अहिलेसम्म एक हजार ६८५ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय पहिले इरानी नेताले चाहेमा अमेरिकाले कोभिड–१९ विरूद्धको लडाईँमा सहयोग गर्नसक्ने भनाईको जवाफमा सर्वोच्च नेता खामेनीले उक्त प्रतिक्रिया दिएका हुन्।

एक इरानी राष्ट्रिय टेलिभिजनमार्फत जनताको नाममा गरेको सम्वोधनमा धार्मिक नेता खामेनीले अमेरिकी राष्ट्रपतिको गत फेब्रुअरी २९ मा इरानबारे राखेको प्रस्तावलाई इन्कार गर्दै भने, “तपाईँलाई कसैले विश्वास गर्दैन । तपाईले इरानमा सहयोगको नाममा ल्याउने औषधी इरानको नागरिकको पक्षमा हुनेमा हामीलाई विश्वास छैन ।”

इरानमा २१ हजार ६३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने विगत २४ घण्टामा थप एक हजार २८ विरामीमा सङ्क्रमण देखिएको छ ।

खामेनीले इरानले अमेरिकी सहयोगलाई अस्वीकार गर्नेबारे दोहोराउँदै र वासिङ्टनलाई इरानविरोधी शत्रुको आरोप लगाउँदै भने, “हामीले अमेरिकासँग ४० वर्षदेखि कूटनीतिक सम्बन्ध राखेका छैनौँ र उसले इस्लामिक गणतन्त्रमा भाइरस निर्मूलका नाममा उल्टै फैलाउन सक्छ भन्ने बुझेका छौँ ।” उनले अहिले इरानले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रूपमा लिएको बताए।

हामीले अमेरिकीलाई यही अवस्थामा सहयोगका लागि याचना गर्ने सम्भावना नै छैन । उनले अमेरिकाले अहिले आफ्नो शक्ति नागरिकको सुरक्षाका लागि प्रयोग गर्न सुझाब राष्ट्रपति ट्रम्पलाई दिए।
रासस

प्रकाशित: Mar 22, 2020| 15:51 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।