बिहीबार, भदौ ४, २०८३

चीन र भारतसँगका नाका बन्द गर्ने सरकारको निर्णय

भाइरस (कोभिड १९) को उच्च जोखिमलाई मध्येनजर गर्दै सरकारले छिमेकी देश भारत र चीनसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले छिमेकी देश भारत र चीनसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै छिमेकीसँगका नाकाबाट मानिसको ओहोरदोहोर बन्द गर्ने निर्णय गरेको हो।

बैठकले कोरोना भाइरसको महामारीबाट जोगिन चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको छ।

उक्त कोषका लागि सबै मन्त्रीले आफ्नो १–१ महिनाको पारिश्रमिक दिने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरिसकेका छन्।

प्रधानमन्त्रीको घोषणाअनुसार नै सोमबारदेखि मुलकभर लामो दूरीका सवारी साधन बन्द हुँदैछन्।

प्रकाशित: Mar 22, 2020| 14:50 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।