बिहीबार, भदौ ४, २०८३

आँबुखैरेनीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

आँबुखैरेनीस्थित ऐनापहरा नजिक भएको दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ सडकबाट करिब एक सय मिटर तल मर्स्याड्दी नदीमा खसेको थियो।

ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका अनुसार दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छैन। घाइतेहरुलाई उपचारका लागि पठाउने तयारी भइरहेको छ।

बस नदीमा खसेकाले बसमा सवार यात्रु कति थिए भन्ने जानकारी भइनसकेको र उद्धार कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Mar 22, 2020| 14:12 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।