बिहीबार, वैशाख ३१, २०८३

प्रकाश सपूत भन्छन्– फुर्सदमा किताब पढ्नुस्, गीत सुन्नुस्

 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं– गायक प्रकाश सपूतले फुर्सदको समयमा किताब पढ्न, गीत–संगीत सुन्न र चलचित्र हेर्न सुझाव दिएका छन्।

National life

घरमै समय बिताइरहेका सपूतले संकटको समयमा मानसिक तनाव बढ्ने हुँदा आफूलाई ‘फ्रेस’ बनाउने काम मात्र गर्न आग्रह गरेका हुन्।

किताब, चलचित्र, गीत–संगीतले ताजगी प्रदान गर्ने उनको भनाइ छ।

समाजिक सञ्जाल र यूट्युबमा फैलने अनावश्यक हल्लाको पछि नलाग्न पनि सपुतले आग्रह गरेका छन्।

उनी भन्छन्, “आधिकारिक अनलाइन, पत्रपत्रिका, रेडियो/टिभी तथा सरकारी निकायको सूचनालाई मात्रै विश्वास गर्नुस्।”

उनले घरपरिवारसँग मात्र बस्न र अनावश्यक रुपमा घरबाहिर ननिस्कन पनि अनुरोध गरेका छन्।

सपूतले नारायण रायमाझीको निर्देशनमा बनिरहेको चलचित्र ‘परदेशी–२’मा अभिनय गरिरहेका छन्।

अहिले चलचित्रको सुटिङ स्थगित गरिएको छ।

प्रकाशित: Mar 22, 2020| 12:38 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्