बिहीबार, भदौ ४, २०८३

खुसी हुनेमा नेपाली ९२औं नम्बरमा

काठमाडौं– विश्वका खुसी हुने मुलुकको सूचीमा नेपाल ९२ औं स्थानमा उक्लिएको छ। सन् २०१८ मा नेपाल १००औं स्थानमा थियो।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं– विश्वका खुसी हुने मुलुकको सूचीमा नेपाल ९२ औं स्थानमा उक्लिएको छ। सन् २०१८ मा नेपाल १००औं स्थानमा थियो।

यसपल्ट नेपाल आठ स्थान उक्लिएको हो। नेपाल सन् २०१७ मा १०१औं स्थानमा थियो। खुसी हुने मुलुकको सूचीको पहिलो नम्बरमा विगत तीन वर्षदेखि फिनल्यान्ड रहँदै आएको छ।

संयुक्त राष्ट्रसंघले विभिन्न ६ आधारमा बर्सेनि विश्वका मुलुकको खुसी मापन गर्दै आएको छ। राष्ट्रसंघका अनुसार प्रतिव्यक्ति आय, स्वस्थ जीवन, सामाजिक सहयोग, स्वतन्त्रता, विश्वास र उदारता तथा भ्रष्टाचारबारे आममानिसको सोचाइ खुसी मापनका आधार हुन्।

यसपल्ट भने वातावरण, सामाजिक, सहरी र प्राकृतिक सम्पदाका विषयमा आधारित रहेर प्रतिवेदन तयार पारिएको हो।

दक्षिण एसियामा खुसी हुने मुलुकको सूचीमा पाकिस्तान ६६औं स्थानमा र माल्दिभ्स ८७औं स्थानमा छन्। यस्तै बांग्लादेश १०७औं, श्रीलंका १३०औं, भारत १४४औं र अफगानिस्तान १५३औं स्थानमा छन्।

सबैभन्दा बढी खुसी हुने संसारका १० मुलुकमा क्रमशः फिनल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आइसल्यान्ड, नर्वे, निदरल्यान्ड्स, स्विडेन, न्युजिल्यान्ड, अस्ट्रिया र क्यानडा छन्।

सूचीमा अमेरिका १८औं नम्बरमा छ भने बेलायत १३औं, जापान ६२ औं र रुस ७३औं स्थानमा छन्। उत्तरी छिमेकी मुलुक चीन नेपालभन्दा दुई स्थान तल ९४औं स्थानमा छ।

१५३ मुलुकको खुसी मापन गरिएकामा दक्षिण एसियाली मुलुक अफगानिस्तान अन्तिममा छ। यस्तै दक्षिण सुडान, जिम्बावे, रुवान्डा, सेन्ट्रल अफ्रिकन रिपब्लिक क्रमशः १५२, १५१, १५० र १४९औं स्थानमा छन्। यी गरिब मुलुक मानिन्छन्।

‘सबैभन्दा धेरै खुसी मुलुक ती हुन्, जहाँ नागरिकले आफ्नो स्वामित्वको भावना महसुस गर्छन्, एकअर्काप्रति विश्वास गर्छन् र साझा संस्थाको मज्जा लिन्छन्’, प्रतिवेदनका लेखक जोन हेलिवेलले भनेका छन्।

राष्ट्रसंघले हरेक वर्ष विश्व खुसी दिवसका अवसरमा मार्च २० मा प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। सन् २०१२ देखि विश्व खुसी दिवस मनाउन थालिएको हो।

प्रकाशित: Mar 22, 2020| 11:10 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।