बिहीबार, भदौ ४, २०८३

गड्डाचौकी नाका पर्सिदेखि पूर्णरुपमा बन्द गरिने

नेपाल–भारत सीमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट पर्सि (चैत ११ गते) देखि पूर्ण पमा आवागमन बन्द गर्ने निर्णय भएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

कञ्चनपुर- नेपाल–भारत सीमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट पर्सि (चैत ११ गते) देखि पूर्ण पमा आवागमन बन्द गर्ने निर्णय भएको छ।

कोरोना भाइरस संक्रमण रोकथामलाई मध्यनजर गर्दै आगामी मंगलबार बिहान ७ बजेदेखि पैदल आवागमनसमेत अर्को सूचना नआउँदासम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय भएको कञ्चनपुरका प्रमूख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए।

आइतबार बसेको सुरक्षा समितिसहित कोभिड–१९ को संक्रमण नियन्त्रण उपसमितिको बैठकले सीमामा अत्यधिक आवतजावत भैरहेकाले तत्काल नाका बन्द गर्दा अफ्ठोरो पर्ने हुँदा मंगलबारबाट नाका बन्द गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए।

एकातर्फ सुदूरपश्चिमेलीहरुको महान चाड विसुपर्व नजिकै जानुका साथै भारतमा कोरोना संक्रमण बढ्न थालेपछि दैनिक हजारौँको संख्यामा नेपाली स्वदेश फर्किरहेका छन्।

यस्तै बैठकले आइतबार राति १२ बजेदेखि भिमदत नगरपालिका क्षेत्रमा दैनिक उपभोग्यका पसल, राहत उद्धारबाहेक यातायात, सबै प्रकारका पसल व्यवसाय, उद्योग कलकारखाना पनि सूचना नआउन्जेलसम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ।

सीमा नाकामा रहेका सबै मदिरा पसलहरुसमेत बन्द गर्ने बैठकले निर्णय गरेको छ।

अत्यावश्यक कामबाहेक घरबाहिर निस्केको पाइएमा सुरक्षाकर्मीले पक्राउ गरी आवश्यक कारवाही गर्नेसमेत बैठकले निर्णय गरेको छ।

यस अवधिमा बजार अनुगमनलाई तिव्रता दिने निर्णय गर्दै बैठकले कोरोना संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने अभियानमा सक्दो सहयोग गर्न सबैमा अनुरोधसमेत गरेको छ।

प्रकाशित: Mar 22, 2020| 09:33 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।