बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘खाद्यान्न पर्याप्त स्टक छ, नपत्याए साल्ट ट्रेडिङ गएर हेर्नुस्’

‘खाद्यान्न पर्याप्त स्टक छ, नपत्याए साल्ट ट्रेडिङ गएर हेर्नुस्’

‘खाद्यान्न पर्याप्त स्टक छ, नपत्याए साल्ट ट्रेडिङ गएर हेर्नुस्’
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् । आइतबार एक कार्यक्रममा उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारे ।

उनले भने, ‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्ने पनि तयारी छ ।’

मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले सञ्चित गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे ।

उनले भने, ‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन् । यस्तो अवस्थामा व्यापारीले पनि मौकाको फाइदा उठाउनलाई कालोबजारी गर्न सक्छन् । हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं । कोहीपनि कर्मचारी विदामा नबसी फिल्डमा खटिनुभएको छ ।’

खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको कुनै अभाव नहोस् र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति समेत गठन भएको उनले जनाए ।

खाद्यान्नको कुनै अभाव नहुने र आफूहरुसँग पर्याप्त स्टक रहेको पनि उनले सुनाए । उनले भने, ‘हामीसँग पर्याप्त मात्रामा स्टक छ । साल्ट ट्रेडिङको गोदाममा गएर हेर्नुस् । खाद्य संस्थानमा पनि हेर्न सक्नुहुन्छ । हामीले सुपथ मूल्यका पसलहरु पनि सञ्चालन गर्दैछौं ।’

प्रकाशित: Mar 22, 2020| 08:19 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।