बिहीबार, भदौ ४, २०८३

डब्लुएचओले भन्यो– भारतसँगका सबै नाका बन्द गर्नु

कोरोना भाइरस संक्रमणको रोकथामका लागि भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न विश्व स्वास्थ्य संगठन नेपाललाई आग्रह गरेको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं– कोरोना भाइरस संक्रमणको रोकथामका लागि भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न विश्व स्वास्थ्य संगठन नेपाललाई आग्रह गरेको छ।

कोरोना रोकथामका लागि संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आइतबार बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न भनिएको हो।

नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपतकालिन संरचना बनाउनतर्फ पनि संगठनले आग्रह गरेको छ।

दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गएपछि संगठनले नेपाललाई यस्तो आग्रह गरेको जनाएको छ।

भारतमा आइतबारसम्ममा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ।

प्रकाशित: Mar 22, 2020| 07:42 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।