कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतको बिहारमा एकजनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मर्नेको संख्या ६ पुगेको बीबीसीले जनाएको छ।
बिहारको राजधानी पटनास्थित एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो। उनी हालैमात्र कतारबाट फर्केका थिए। स्कटल्याण्डबाट फर्केका अर्का एक संक्रमित पनि आइसोलेसन वार्डमा रहेको बीबीसीले उल्लेख गरेको छ।