बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घरमै बसेर कोरोनाविरुद्ध सरकारलाई सहयोग गर्न पारसको अपिल

घरमै बसेर कोरोनाविरुद्ध सरकारलाई सहयोग गर्न पारसको अपिल

नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले घरमै बसेर कोरोना भाइरससँग लड्न अपिल गरेका छन्।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं– नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले घरमै बसेर कोरोना भाइरससँग लड्न अपिल गरेका छन्।

उनले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै घरमै बसेर संक्रमणविरुद्ध लडेर सरकारलाई सहयाेग गर्न सर्वसाधारणलाई अपिल गरेका हुन्।

“हामी सबैका लागि यो सजिलो समय छैन। तर, म र क्रिकेटको टिमका तर्फबाट आग्रह गर्न चाहान्छु की सबै घरमै बसेर सरकारलाई सहयोग गरौं। अत्यावश्यक कामबाहेक बाहिर नगइकन सहयोग गरिदिन अनुरोध गर्छु। हामीले आफ्नो जिम्मेवारी आफैं लिनु पर्छ र यो महत्त्वपूर्ण काम पनि हो,”

पारसले भिडियो सन्देशमा भनेका छन्, “आ–आफ्नो ठाउँबाट सबैले जिम्मेवारी लिने हो भने संक्रमणको अवस्थाबाट बाहिर निस्कन सजिलो हुने छ।”

 

प्रकाशित: Mar 22, 2020| 06:36 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।