बिहीबार, भदौ ४, २०८३

जमुनाहा नाका एक साता बन्द

बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमाको जमुनाहा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

बाँके– बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमाको जमुनाहा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको छ।

विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि आइतबारदेखि एक हप्ताका नाका बन्द गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए ।

यस अवधिमा सामानमात्र ल्याइने तर यात्रु आवतजावतमा भने पूर्ण रुपमा रोक लगाइएको खड्काले बताए। प्रजिअ खड्काले अत्यावश्यक सेवामा भने रोक नलगाइने जानकारी दिए।

भारतको बहराइच जिल्लाको रुपैडिया बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार भएको छलफलमा उक्त सहमति भएको हो। यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो।

भारतबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्न थालेपछि कोरोना संक्रमण फैलिने जोखिम बढेको छ। भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन्।

प्रकाशित: Mar 22, 2020| 06:37 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।