बिहीबार, भदौ ४, २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण स्थगित

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थगित गरेको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं– विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थगित गरेको छ। फाउन्डेसनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामान्य अवस्था नहुन्जेलसम्म काम स्थगन गरिएको जानकारी गराएको हो।

विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरू अपनाएर रंगशाला निर्माणलाई निरन्तरता दिइरहेको भए पनि सरकारले गरेको निर्देशनबमोजिम २५ जना भेला हुन नपाइने भएकाले निर्माणको कामलाई तत्कालका लागि स्थगन गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “कामलाई तीव्रताका साथ अघि बढाइरहेका थियौं, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रंगशाला प्रवेशमा रोक लगाउनुका साथै कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्ने र ह्यान्ड स्यानिटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौं। कोरोना संक्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ, त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौं।”

रंगशाला निर्माण अझै तीव्रगतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकाले रंगशालामा कामदार मात्रै साढे दुई सयभन्दा बढी भएकाले पनि काम स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “निर्माण सामग्री, ढुवानीलगायत कुरामा पनि प्रभाव पर्ने देखिएको छ। मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो। त्यसैले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माण केही समय (सामान्य अवस्था नहुन्जेलसम्म) स्थगन गर्ने निर्णयमा पुगेका छौं।”

जनस्तरबाट निर्माण हुने यस रंगशालामा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै सावधानी अपनाउन धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले आग्रह गरे।

जनस्तरबाट निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गएको वर्ष माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच सम्झौता भई निर्माण घोषणा गरिएको थियो।

विस्तृत गुरुयोजना तयार हुनुअगावै फाउन्डेसनले प्रारम्भिक चरणका काम (कम्पाउन्डिङ, साइट क्लिरयन्स, साइट अफिस, गोदामघर, कर्मचारी आवास, कामदार आवास) निर्माण मंसिरअगाडि नै सम्पन्न गरिसकेको कट्टेलले बताए।

रासस

प्रकाशित: Mar 22, 2020| 06:17 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।