बिहीबार, भदौ ४, २०८३

राजपाकै मन्त्रीले गरे अध्यक्ष मण्डल विघटनको माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री एवं प्रदेश दुईका राज्यमन्त्री सुरेश मण्डलले राजपाको अध्यक्ष मण्डल विघटनको माग गरेका छन्।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री एवं प्रदेश दुईका राज्यमन्त्री सुरेश मण्डलले राजपाको अध्यक्ष मण्डल विघटनको माग गरेका छन्।

अध्यक्ष मण्डल असफल भएको र ६ वटा अध्यक्ष आ–आफ्नै गुट संचालनमा व्यस्त रहेको मन्त्री मण्डलको आरोप छ।

‘अध्यक्ष मण्डलीय प्रणाली पूर्णरुपेण असफल भइसकेको छ। अब अध्यक्ष मण्डल विघघटनको विकल्प छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘दुई–दुई महिनामा अध्यक्ष फेर्ने र प्रेस विज्ञप्ति निकाल्ने बाहेक पार्टी, संगठन र देशको राजनीतिमा सिन्को भाँच्न सकेको छैन।’

अध्यक्ष मण्डलका अध्यक्षहरुले पनि काम गर्न नसकेको जिकिर गर्दै मण्डलले लेखेका छन्, ‘६ जनाको अध्यक्ष मण्डल स्वार्थ समूहको रुपमा परिणत भैसकेको छ र आ–आफ्नो गुट संचालनमा व्यस्त छन्। ६ जनाको समीकरण आफ्नो स्वार्थ सिद्धिका निम्ति कहिले ३ः३, कहिले ४ः२ र कहिले १ः५ मा बदलिरहन्छ।’

दिनप्रतिदिन पार्टीको प्रतिष्ठा घटाउन गैर राजनीतिक घटना गर्न अध्यक्षहरु उद्धत रहेको आरोप उनको छ।

‘एकीकरण र महाधिवेशनको नाममा पार्टी र कार्यकर्तालाई अनिर्णयको बन्दी बनाएका छन्। त्यसकारण, अब यो गतिहिन र भद्दा अध्यक्ष मण्डल विरुद्ध पार्टी नेता तथा कार्यकर्ता गोलबन्द होऔं,’ मण्डलले आग्रह गरेका छन्, ‘आम मधेशी जनताको आशा र विश्वासको केन्द्र राजपालाई अध्यक्ष मण्डलीय नजरबन्दबाट मुक्त गराऔं।’

राजपाको यसअघि बसेको राजनीतिक समिति तथा पदाधिकारी बैठकले पनि अध्यक्ष मण्डल विघटनको निर्णय गरेको थियो।

प्रकाशित: Mar 22, 2020| 05:47 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।