बिहीबार, भदौ ४, २०८३

यात्रुबाट बढी भाडा लिएको आरोपमा १७ पक्राउ

सार्वजनिक सवारीमा यात्रुबाट बढी भाडा लिएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं– सार्वजनिक सवारीमा यात्रुबाट बढी भाडा लिएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

यात्रु बनेर गएका ट्राफिक प्रहरीले बढी भाडा लिनेहरूलाई पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र संग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जारबहादुर गुरुङ, विजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, विजय तामाङ, निल बुढाथोकी, सन्जिव भण्डारी, प्रदीप लामा, कृष्ण माझी, विनोद ठकुरी, पिन्टु जसवाल र कमल श्रेष्ठ छन्। उनीहरू शनिबार पक्राउ परेका हुन्।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको जानकारी दिए। उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको बताए।

प्रहरीले आफैं यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ।

यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले गाडी चढ्नुअघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको जानकारी दिए।

पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको महाशाखाले जनाएको छ।

कोरोना संक्रमण फैलने डरले राजधानीबाट बाहिरिने यात्रु बढेपछि पछिल्लो समय टिकटमा कालोबजारी बढेको छ। महाशाखाले बढी भाडा लिएको आरोपमा शुक्रबार ९ जनालाई पक्राउ गरेको थियो।

प्रकाशित: Mar 22, 2020| 05:44 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।