आइतबार, चैत ८, २०८२

कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्ष सान्जको निधन

कोरोना भाइरस (कोभिड–१९)बाट स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

मड्रिड– कोरोना भाइरस (कोभिड–१९)बाट स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका सान्जको शनिबार राति निधन भएको परिवारले जनाएको छ।

National life

७६ वर्से सान्ज सन् १९९५ बाट २००० सम्म बर्नाबेउमा अध्यक्ष थिए। त्यसअवधिमा रियल मड्रिडले दुईपटक च्यम्पियन्स लिग जितेको थियो।

“मेरो बुबा रहनुभएन,” सान्जका छोराले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “उहाँ एक राम्रो, प्रेरक र मेहेनती मानिस हुनुहुन्थ्यो। तर, यस्तो निधन उहाँका लागि योग्य भएन। बुवाको मृन्युले हाम्रो परिवार र रियल मड्रिडलाई मर्माहत बनाएको छ।”

३३ पटकको स्पेनिस लिग विजेता रियलका लागि सान्जले राबर्टो कार्लोस, क्लियरेन्स सिडोर्फ, डेभर बुकेरजस्ता खेलाडीलाई अनुबन्धन गरेका थिए।

उनले सन् २००० को चुनावमा फ्लोरेन्टिनो पेरेजसँग हार बेहोरेपछि रियल मड्रिडबाट बाहिरिएका थिए।

Laxmi sunrise bank
kumari

उनका छोरा फर्नान्डोले रियलमा चार सिजन खेलेका थिए।

प्रकाशित: Mar 22, 2020| 05:09 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।