बिहीबार, भदौ ४, २०८३

बिहारसँग जोडिएका ३५ नाका बन्द

भारतको बिहार राज्यसँग जोडिएका धनुषाको ३५ वटा नाका बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयले कुल ३७ नाका मध्ये ३५ वटा नाका आइतबारदेखि बन्द गर्ने निर्णय गरेको हो।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

जनकपुरधाम– भारतको बिहार राज्यसँग जोडिएका धनुषाको ३५ वटा नाका बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयले कुल ३७ नाका मध्ये ३५ वटा नाका आइतबारदेखि बन्द गर्ने निर्णय गरेको हो।

भारतको बिहार राज्यबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्लाको मुख्य जटही र खजुरी नाकाबाहेक सबै नाका सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन्।

जटही र खजुरी नाकाबाट आवतजावत तथा सरसामान आयात निर्यात भए पनि अन्य सम्पूर्ण नाकाहरु पूर्ण रुपमा बन्द गरिएको उनले बताए । जटही र खजुरी नाकाबाहेक अन्य नाकाहरुबाट मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द भएको निरौलाले जानकारी दिएका छन्।

छिमेकी मुलुकमा कोरोना संक्रमण देखिसकिएको र धनुषा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको संख्या उल्लेख्य रहेकोले पूर्व सावधानीस्वरुप यस्तो निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। खुल्ला गरिएका दुई नाकामा समेत चेकजाँचमा कडाइ गरिएको उनको भनाइ छ।

यसैगरी सरकारी कार्यालयहरुले आइतबारदेखि सेवा दिने काम बन्द गरेको उनले बताएका छन्। कार्यालयहरु सञ्चालन भए पनि सेवाहरु बन्द रहने उनले बताए । कार्यालयहरुमा सेवाग्रहीको भीडभाड कम गर्न यसो गरिएको निरौलाले बताए।

यसका साथै जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरको मुजेलियास्थ्ति मणिपाल मेडिकल कलेजको प्रयोगविहीन भवनमा ६० देखि ७० बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार ७० देखि ८० घण्टाको अवधिमा क्वारेन्टाइन भवन बनाउन तयारी थालिएको छ। मणिपाल कलेजमा क्वारेन्टाइन बनाउनेबारे जानकारी लिन जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह नेतृत्वको टोलीले अनुगमनसमेत गरेको छ।

प्रकाशित: Mar 22, 2020| 05:07 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।