बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको डरले घर फर्किंदा बाटोमै बाबु छोराको मृत्यु, आमाको अवस्था गम्भीर

कोरोनाको डरले घर फर्किंदा बाटोमै बाबु छोराको मृत्यु, आमाको अवस्था गम्भीर

कोरोनाको त्रासका कारण घर फर्किएका एक परिवार सवार मोटरसाइकललाई मिनिट्रकले ठक्करदिदा काभ्रेको बनेपामा बाबु छोराको मृत्यु भएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काभ्रे- कोरोना भाइरसको त्रासका कारण घर फर्किएका एक परिवार सवार मोटरसाइकललाई मिनिट्रकले ठक्कर दिँदा काभ्रेको बनेपामा बाबुछोराको मृत्यु भएको छ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको हो ।

आइतबार बिहान भएको दुर्घटनामा परेर उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ का ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ वर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतककी श्रीमती सुनीता श्रेष्ठ घाइते छन् । उनको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कोरोनाको डरको कारण घर जान लागेका उनीहरुलाई काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मिनिट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने मिनिट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Mar 22, 2020| 03:51 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।