बिहीबार, भदौ ४, २०८३

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चार पक्राउ

कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको बेला मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चारजना जनकपुरबाट पक्राउ परेका छन् ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

जनकपुरधाम– कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको बेला मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चारजना जनकपुरबाट पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कोरोना संक्रमणको मौका छोपेर उपभोक्तासँग तोकिएको भन्दा बढी मूल्य लिएर बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अनगुमनको क्रममा जनकपुरधाम–४ स्थित सुस्मिता मेडिकल हलबाट सर्लाही बरहथवा–८ बस्ने संयज साह, जनकपुरधाम–८ स्थित भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषा लक्ष्मिनिया–३ का अनिल यादव र जलेश्वर–६ का प्रभन्स चौधरी र जनकपुरधाम–४ स्थित सम्पूर्ण मेडिकलबाट स्थानीय संजय साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

मास्क कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिएका चारै जनाविरुद्ध कालोबजार मुद्दा चलाउने तयारी भइरहेको उनले बताएका छन् ।

कोरोना संक्रमणको त्रास फैलिएयता जनकपुरमा मास्क र स्यानिटाइजरको व्यापक अभाव भएको छ । जनकपुरको अधिकांश औषधि बिक्रेताहरु मास्क र स्यानिटाइजर सकिएको भन्दै उपभोक्ताहरुलाई बताउँदै आइरहेका छन् ।

प्रकाशित: Mar 22, 2020| 03:52 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।